१५ दिनदेखि सुधारकेन्द्रमा रहेका धीरेन्द्रको कुटपिट गरी हत्या, ७ जना पक्राउ

१५ दिनदेखि सुधारकेन्द्रमा रहेका धीरेन्द्रको कुटपिट गरी हत्या, ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–बाराको नवजन्म सुधार केन्द्रभित्र एक जना युवकमाथि कुटपिट गरी हत्या भएको छ। मृत्यु हुनेमा कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतो रहेका छन् ।

केन्द्रमा रहेका मानिसहरूसँग विवाद बढेपछि सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा रहेका महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए।

महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्।

उनी पछिल्लो १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए। राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ जाँच गर्नेक्रममा चिकित्सकले मृत घोषणा गरेको थियो।