शृंखला उत्कृष्ट १२ मा खुम्चिइन्

शृंखला उत्कृष्ट १२ मा खुम्चिइन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभरिका सुन्दरीहरुको चासोको विषय बनेको मिस वल्र्ड सौन्दर्य प्रतियोगितामा मेक्सिको सुन्दरी भेनेसा डिसियानले मिस वल्र्ड २०१८ को ताज चुमेकी छिन्। नेपाल सुन्दरी शृंखला खतिवडाको प्रतिनिधित्वका कारण नेपालमा समेत यस वर्ष विशेष चासेको विषयका साथ हेरिएको प्रतियोगितमा उनी उत्कृष्ट १२ स्थानमै खुम्चिन पुगिन्।

प्रतिस्पर्धी १ सय १८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले मिस वल्र्ड २०१८ को उपाधि चुमेकी हुन्। मिस इन्टरनेसनलको उपाधि भने मिस थाइल्यान्ड निकोलेन पिचापा लिम्सनोकनले जितेकी छन्। चीनको सान्या शहरमा शनिबार सम्पन्न ६८औं मिस वल्र्डमा २३ वर्षीय खतिवडासँग एसियाबाट छानिएका १० देशमध्ये थाइल्यान्ड र न्युजिल्यान्ड मात्र टप १२ मा जान सफल भएका थिए।

टप १२ मा परेपछि शृंखलाले नेपाल र नेपालीले गरेको समर्थनप्रति आभार व्यक्त गरेकी थिइन्। ‘मलाई ट्राभलिङ र एड्भेन्चर गर्न मन पर्छ। नेपाल फर्किएर सगरमाथा चढ्ने सोचमा छु’ –उनले भनेकी थिइन्। उनलाई सघाउन उनका सांसद पिता विरोध खतिवडा मीनु सुवेदीसहित २१ सदस्यीय टोली चीन पुगेको थियो।
मकवानपुरे चेली शृंखलाले चीनमा जारी मिस वल्र्डअन्तर्गत दुई अवार्ड जितेकी छन्। उनले मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पोज अवार्ड जितेकी छन्।

यससँगै उनी अन्तिम ३० हुँदै उत्कृष्ट १२ मा उक्लिएकी थिइन्। ब्युटी विथ पर्पोजमा उनले मकवानपुरको भिडियो प्रस्तुत गरेकी थिइन्। भिडियोका कारण उनी सबैको आकर्षण र चर्चाको विषय बन्न पुगेकी थिइन्। प्रतियोगिताको उत्कृष्ट ५ मा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा र एसियाबाट थाइल्यान्ड पुगेका थिए।यो खबर आजको नेपाल समाचारपत्रमा छ ।