पाँच महिनामा एक खर्बले घट्यो सेयरको भाउ

पाँच महिनामा एक खर्बले घट्यो सेयरको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चालू आर्थिक वर्षको पाँच महिनामा सेयरधनीको सम्पत्ति करिब एक खर्ब रुपैयाँले घटेको छ। गत साउनदेखि मंसिर २० सम्ममा सेयर मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेष्ण गरिएको हो।

उक्त अवधिमा सेयर बजारको आकार(कुल बजार पुँजीकरण) करिब एक खर्ब रुपैयाँले घटेको छ। यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको भन्ने हो। गत असारमा १४ खर्ब ३५ अर्ब रुपैयाँ कायम रहेको (कुल बजार पुँजीकरण)स्टक एक्सेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य बिहीबार(मंसिर २०)सम्म आइपुग्दा १३ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ।

गत असारको तुलनामा हालको पुँजीकरण ९८ अर्ब रुपैयाँले कम हो। नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु (एक हजार आठ सय ८१) विन्दु र त्यतिवेलाको बजार पुँजीकरणसँगको तुलनामा अहिले सेयर बजारको आकार करिब सात खर्ब ३४ अर्ब रुपैयाँले खुम्चिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।