शेखरको चेतावनी: निर्वाचनपछि महाधिवेशन गरे पार्टी खतम हुन्छ

शेखरको चेतावनी: निर्वाचनपछि महाधिवेशन गरे पार्टी खतम हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आगामी आमनिर्वाचनपछि कांग्रेसको महाधिवेशन गरे पार्टी नै खतम हुने चेतावनी दिएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भने, ‘कांग्रेसको विधान अनुसार हरेक ४ वर्षमा समयमा महाधिवेशन गर्नुपर्छ । यो या त्यो बहानामा सार्नु हुँदैन ।’

कांग्रेसभित्र १५ औं महाधिवेशन २०८४ को निर्वाचन पछि गर्ने अनौपचारिक छलफल चलिरहेको बेला नेता कोइरालाको यस्तो धारणा आएको हो । पार्टी सभापति एक वर्ष म्याद थप गरेर महाधिवेशन सार्न सकिने संकेत दिएका छन् । यसै विषयमा कोइरालाले भने, ‘महाधिवेशन समयमै गर्नुपर्छ । निर्वाचनपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’

उनले यसपटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको पनि बताए । ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु’ कोइरालाले भने । देशको अवस्था निकै नाजुक रहेको उल्लेख गर्दै उनले सरकार समेत यसमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय दुई ठुला दल मिले निरंकुशता हुन्छ भन्ने विषयमा असहमति जनाए । ‘हामीले खबरदारी पनि गरेका छौ, सबैतिर खबरदारी गर्नुपर्छ’, उनले भने ।