राप्रपाले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने, सातै प्रदेशमा भण्डाफोर सभा

राप्रपाले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने, सातै प्रदेशमा भण्डाफोर सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने भएको छ ।

आन्दोलनलाई विस्तार गर्ने योजनाअनुसार राप्रपाले सातै प्रदेशमा सरकारविरुद्ध भण्डाफोर सभा गर्ने तयारी गरेको पार्टी महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

राप्रपाले फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढी, २१ गते जनकपुर, २५ गते काठमाण्डु र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गरिनेछ ।

यसअघि बुधबार राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिमा समर्थन जनाउँदै आन्दोलनका लागि आह्वान गरेको थियो ।