एनसेलमा ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर सञ्चालन

एनसेलमा ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी २ डेटा प्याकहरू सञ्चालनमा ल्याएको छ ।

यी प्याकहरू ग्राहकहरूलाई सधैं अन राख्न योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता अनुरूप ल्याइएका हुन् ।

करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत ग्राहकहरूले २ दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । एनसेलले भनेको छ, ‘ग्राहकहरूलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् ।’

अफर विशेषतः छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प रहेको जनाइएको छ । ग्राहकहरूले एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३एष्ट्रिक्स४एष्ट्रिक्स१एष्ट्रिक्स४ह्यास डायल गरेर ‘९० अनलिमिटेड’ प्याक लिन सकिनेछ । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा विना निर्बाधरूपमा इन्टरनेट सेवा प्रदान गर्नेछ ।

‘५० डेटा’ प्याकअन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित मात्र ५० रुपैयाँमा पाउन सक्छन् । यो डेटा ३ दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकाले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्त्व राख्ने एनसेलले जनाएको छ ।

ग्राहकहरूले एनसेल एपबाट वा एष्ट्रिक्स१२३एष्ट्रिक्स४एष्ट्रिक्स२एष्ट्रिक्स१ह्यास डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजा लिने लगायतका कार्यका लागि उपयुक्त हुने जनाइएको छ ।

विषेशगरी छोटो–छोटा अवधिका लागि डेटा लिन चाहने ग्राहकका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।