खोटाङ – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका–३ भोरलेनि बस्ने ५१ वर्षीय बलबहादुर दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बल बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
करणी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया