काठमाण्डु र उदयपुरमा जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

काठमाण्डु र उदयपुरमा जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डु र उदयपुरमा जुवातास खेल्दाखेल्दै ११ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाण्डु महानगरपालिका–९ रातोपुल बस्ने ६२ वर्षीया विजया श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३७ हजार रूपैयाँ र ७ बूक ताससहित पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ बस्ने ४५ वर्षीया बबिता चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा त्रियुगा नगरपालिका–१२ बुद्धचोक बस्ने ३४ वर्षीय ठमान राई समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नगद ४१ हजार ८ सय २५ रूपैयाँ र १८ बूक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।