‘उपलब्धिलाई तेरो र मेरोमा होइन, हाम्रो भनेर आत्मसाथ गर्दा अनमोल आनन्द हुन्छ’

‘उपलब्धिलाई तेरो र मेरोमा होइन, हाम्रो भनेर आत्मसाथ गर्दा अनमोल आनन्द हुन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव एवं साहित्यकार प्रदीप ज्ञवालीले सम्बन्धलाई एकअर्काका समर्पणको रूपमा लिनुपर्ने बताएका छन् ।

शनिबार पाणिनि बुक्सद्वारा प्रकाशित प्रथम महिला राधिका शाक्यको पुस्तक करुणा लोकार्पण कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै ज्ञवालीले शाक्य त्यहीँ समर्पणको प्रतीक भएको बताए ।

‘जब उपलब्धिलाई तेरो र मेरोमा होइन हाम्रो हो भनेर आत्मसाथ गरिन्छ, त्यहाँनेर अनमोल आनन्द हुन्छ,’ उनले भने ।

महिलाका जीवनका आरोह–अवरोहमा आधारित पुस्तकले जस्तोसुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिएको ज्ञवालीले बताए । पीडालाई कसरी सहन गर्न सकिन्छ भन्ने जीवन्त तस्वीर राधिका भएको ज्ञवालीको भनाइ छ ।

राधिकाले आफ्नो सम्पूर्ण जीवन केपी ओलीको सफलतामा समर्पित गरेको उनले बताए । केपी ओलीविरुद्ध बाहिर एउटा बिम्ब बनाउन खोजिएको भए पनि कस्तो हो र कसरी काम गर्छन् भन्ने कुराको सबैभन्दा नजिकको साक्षी राधिका भएको उनले स्पष्ट पारे ।

पछिल्लो समय देशमा नराम्रो अपसंस्कृति मौलाएको बताउँदै ज्ञवालीले एउटा जीवित मान्छेलाई श्रद्धाञ्जलि दिने बिरामी पर्दा समेत अपशब्द प्रयोग गर्ने जस्तो विकृत मानसिकता देखिएको बताए । यस्तो अवस्थामा पनि केपी र राधिका पानी जस्तै बगेका उनले सुनाए । ‘यतिधेरै पीडा हुँदा पनि उहाँको मनमा द्वेष देखिँदैन,’ ज्ञवालीले भने ।