पाथीभरा तनाव : १५ आन्दोलनकरी पक्राउ

पाथीभरा तनाव : १५ आन्दोलनकरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणविरुद्ध आन्दोलन गरिरहेका १५ जना पक्राउ परेका छन् ।

सदरमुकाम फुङलिङ बजारमा सर्वसाधारणको घरमा आगोका राँको फालेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।

आइतबार राति राँके जुलुस निकालेका आन्दोलनकारीले केही घरमा राँको फालेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले फुङलिङमा निषेधाज्ञा लगाइएको छ । आइतबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुने सम्भावित प्रदर्शन, जुलुसका कारण शान्ति सुरक्षा भङ्ग हुने जोखिमलाई मध्यनजर गर्दै निषधाज्ञा लगाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी विज्ञप्तिमा उल्लेख छ ।