काठमाण्डु – विधानसभा चुनावमा पार्टीको हारपछि आम आदमी पार्टी (आप) ले विधायक दल नेता पूर्वमुख्यमन्त्री आतिशीलाई चुनेको छ ।
पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट छुटेपछि राजीनामा दिएर आतिशीलाई मुख्यमन्त्री बनाएका थिए । उनी मुख्यमन्त्री रहेकै बेला भएको विधानसभा चुनावमा आपले बहुमत गुमाएको थियो ।
दिल्ली विधान सभामा बहुमतप्राप्त दल भारतीय जनता पार्टी (भाजपा) ले रेखा गुप्तालाई दल नेता चुनेर मुख्यमन्त्री बनाएको छ भने आपले आतिशीलाई प्रतिपक्षी दलको नेता बनाएर भाजपालाई टक्कर दिने जिम्मेवारी सुम्पिएको छ । दिल्लीमा सत्ता चलाउने र प्रतिपक्षी भूमिका निर्वाह गर्ने दुवै जिम्मेवारी महिला नेत्रीले नै पाएका छन् ।




प्रतिक्रिया