रिंकु मृत्यु प्रकरण : पञ्चायत बस्नेसहित ८ जना पक्राउ

रिंकु मृत्यु प्रकरण : पञ्चायत बस्नेसहित ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सिरहाकी किशोरी रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

उनको मृत्युअघि ‘बलात्कार’ घटना मिलाउन भनेर छलफल गराउने पञ्चहरूसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो ।

लिएर अनुसन्धान थालिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले बताए । उनले भने ‘उनीहरूमाथि अनुसन्धान हुँदैछ । अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ, सोधपुछका लागिमात्र पक्राउ गरिएको हो, संलग्न देखिए मुद्दा चलाउने तयारी छ ।’

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् । सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो ।