५० लाख डलरमा अमेरिकी नागरिकता !

५० लाख डलरमा अमेरिकी नागरिकता !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगानीकर्ताहरूलाई आकर्षित गर्न योजना ल्याएका छन् । यस योजना अन्तर्गत ५० लाख डलरमा ‘गोल्ड कार्ड’ भिसा प्रदान गरिने उनले घोषणा गरेका छन् । यी ‘गोल्ड कार्ड’ले अमेरिकाको ३५ वर्ष पुरानो लगानीकर्ता भिसालाई प्रतिस्थापन गर्नेछन् ।

गोल्ड कार्डको विशेषता भनेको यसमा ठगी गर्न सम्भव छैन । ट्रम्प सरकारले एक करोड गोल्ड कार्ड बेच्ने योजना बनाएको छ । ट्रम्पले यसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने नयाँ मार्गको रूपमा प्रस्तुत गरेका छन् ।

ओभल अफिसमा यसबारे घोषणा गर्दै ट्रम्पले भने, ‘यसरी नागरिकता पाउने मानिसहरू धनी र सफल हुने छन् । तिनीहरूले यहाँ धेरै पैसा खर्च गर्ने छन् र कर तिर्ने छन् । साथै तिनीहरूले रोजगारी पनि प्रदान गर्ने छन् । हामीलाई लाग्छ यो योजना अत्यन्तै सफल हुनेछ ।’

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले दुई हप्तामा ’गोल्ड कार्ड’ ले परम्परागत ईबी–५ भिसालाई प्रतिस्थापन गर्ने बताएका छन् ।

ईबी–५ भिसा विदेशी लगानी आकर्षित गर्न पेस गरिएको थियो र १९९० मा कांग्रेसले अनुमोदन गरेको थियो । ईबी–५ भिसा अमेरिकी कम्पनीमा लगभग १ मिलियन डलर लगानी गर्ने र कम्तीमा १० जनालाई रोजगार दिनेहरूका लागि हो ।

ट्रम्पले भविष्यमा १० लाख गोल्ड कार्ड बिक्री गर्ने लक्ष्य राखिएको उल्लेख गरेका छन् । यस पहलबाट राष्ट्रिय ऋण छिट्टै तिर्न सकिने उनले दाबी छ ।