गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु

गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदीबन्दीको रिहा गर्न सहमत भएको छ ।

सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी रहेको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  प्यालेस्टाइनी लडाकू समूह हमासले इजिप्टको निगरानीमा भएको रिहाइका लागि भएको सहमतिको पुष्टि गरेको छ ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वमामिला हेर्न तोकिएका अधिकारी स्टिभ विटकोफले इजरायली प्रतिनिधिहरू युद्धविराम सम्झौताको अर्को चरणका लागि वार्ताका लागि अघि बढिसकेको बताएका छन् ।

“हामीले धेरै प्रगति गरिरहेका छौँं । इजरायलले अहिले एउटा टोली पठाउँदैछ,” विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भने ।

“यो वार्ता दोहामा वा कायरोमा हुनेछ । वार्तामा इजिप्ट र कतारका मध्यस्थ अधिकारीसहित फेरि वार्ता सुरु हुनेछ,” उनले भने।

यद्धविरामको पहिलो चरण शनिबार सकिँदैछ तर फेब्रुअरीको सुरुमा सुरु हुने भनिएको बाँकी प्रक्रियाका लागि तय गरिएको वार्ता सुरु भएको छैन ।

हमासले दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकलाई एकैपटक रिहा गर्न तयार रहेको बताएको छ । समूहले आइतबार इजरायलले ६०० प्यालेस्टिनी कैदीको रिहाईमा ढिलाइ गरेर गाजा युद्धविरामलाई खतरामा पारेको आरोप लगाएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूलाई कसरी मुक्त गरिएको छ भन्नेबारे चिन्ता व्यक्त गर्दै ढिलाइलाई उचित ठह¥याएका छन् र यस प्रक्रियालाई ‘अपमानजनक समारोह’ को रूपमा वर्णन गरिएको छ ।