मलद्वारमा लुकाएर ल्याएको पौन ४ किलो सुनसहित ४ जना पक्राउ

मलद्वारमा लुकाएर ल्याएको पौन ४ किलो सुनसहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ३ महिला र १ पुरुष सुनसहित पक्राउ परेका हुन् ।

बुधबार राति फ्लाई दुबईबाट आएका उनीहरूले मलद्वारमा राखेर सुन ल्याएका हुन्। प्रहरीले बरामद गरेको सुनको परिमाण ३ किलो ७४५ ग्राम छ।

पक्राउ पर्नेमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ रहेका छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।