सुकेधारामा १ पुरुषको शव फेला, मृत्यु शंकास्पद !

सुकेधारामा १ पुरुषको शव फेला, मृत्यु शंकास्पद !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको सुकेधारास्थित धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र १ जना पुरुषको शव फेला परेको छ ।

शवलाई फोहोरको थुप्रोले ढाकेर राखेको भेटिएको छ । शव ओखलढुंगा घर भई काठमाण्डु बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको प्रहरीले जनाएको छ ।

शवलाई म्याट्रेस, सिरानी, झोला र फोहोर कपडाहरूले छोपेर राखिएको फेला परेकाले उनको मृत्युलाई शंकास्पद रूपमा हेरिएको छ । मृतक व्यक्तिको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको घाउ देखिएको छ ।

मृतकको अनुहार र कपालमा रगत लत्पतिएको समेत रहेको पाइएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।