अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १३ मिलिग्रामसहित भद्रपुर नगरपालिका–९ विकासटोल बस्ने २६ वर्षीय दिपेन्द्र खापुङ्लाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे४प ५९९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।