काठमाण्डु- अमेरिकाका अर्बपति एलन मस्क १४ औं सन्तानको पिता बनेका छन् । उनले १४औं सन्तानको नाम सेल्डन लाइकुर्गस राखेका छन् । न्यूरालिंककी कार्यकारी शिवोन जिलिसले नयाँ सन्तानलाई जन्म दिएकी छिन् । जिलिससँगको मस्कको यो चौथो सन्तान हो ।
जिलिसले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘एलनसँग छलफलपछि हाम्रो छोरा सेल्डनको बारेमा जानकारी साझा गर्यौँ । ऊ सुनको मुटु भएको छ ।’ त्यसको जवाफमा मस्कले पनि मुटुको इमोजी रिप्लाइ गरेका छन् ।
स्पेसएक्सका संस्थापक मस्क विश्वभर भइरहेको घट्दो जन्मदरलाई सभ्यताका लागि खतरा मान्छन् । नयाँ नयाँ महिलासँग सम्बन्ध गाँस्दै, केही सन्तान जन्माउँदै र सम्बन्ध विच्छेद गर्दै आएका मस्कले विश्वमा घट्दो जन्मदरका बारेमा सवाल उठाउँदै आएका छन् ।
उनी भन्छन्क, ‘तिपय देशहरू पहिलेदेखि नै प्रतिस्थापन दरभन्दा पछाडि छन् र सबै देशमा यस्तै हुने लक्षण देखिइरहेको छ । यो साधारण तथ्य हो।’ उनका अनुसार बच्चा प्रतिस्थापनको दर २.१ हो । विश्वको जनसंख्या वृद्धि छिटै नै यो दरभन्दा तल झर्ने उनको भनाइ छ ।
सन् २०२२ मा दिएको एक अन्तरवार्तामा उनले आफूले एउटा ठूलो परिवार चाहेको बताएका थिए ।
उनी ठूला परिवारको पक्षमा समय समयमा बोल्दै पनि आएका छन् । उनका सन्तानहरू तीन महिला (जिलिस, ग्रिम्स र जस्टिन विल्सन) बाट जन्मिएका छन् ।
एलोन मस्कका अहिले १४ सन्तान छन्, जसमा पहिलेका सम्बन्धका सन्तानहरू पनि समावेश छन् । उनले आफ्नी पूर्वपत्नी लेखक जस्टिन विल्सनसँग छ सन्तान बाँडेका छन् ।
उनीहरूको पहिलो सन्तानको शिशु मृत्यु सिन्ड्रोमका कारण मृत्यु भएको थियो । पछि उनीहरूले जुम्ल्याहा सन्तानलाई जन्म दिए । पछि तीन सन्तान आइभीएफमार्फत् जन्मिएको छ । मस्कले क्यानेडियन संगीतकार ग्रिम्ससँग तीन सन्तानको जन्म दिएका हुन् ।
मस्कको पहिलो बिहे सन् २००० मा जस्टिन विलसनसँग भएको थियो । जस्टिन र मस्कका ५ जना सन्तान छन् । उनीहरूले सन् २००८ मा डिभोर्स गरे । त्यसपछि मस्कले सन् २०१० मा तुलुलाह रिलीसँग बिहे गरेका थिए । उनीहरू पनि सन् २०१६ मा अलग भए।





प्रतिक्रिया