हत्या आरोपीलाई पक्राउ गर्न टोखामा गोली प्रहार

हत्या आरोपीलाई पक्राउ गर्न टोखामा गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हत्या आरोपीलाई पक्राउ गर्न काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आईतबार टोखामा गोली प्रहार गरेको छ ।

प्रहरीले गोली चलाएर हत्या आरोपी गुड्डु पटेललाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार उनी लाल मोहम्मद हत्या प्रकरणमा संलग्न भएको आरोप छ । २०७९ सालमा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो ।

भक्तपुरको गोठाटारमा २०७९ असोज ३ गते २ जना सुटरले गोली हानेर लाल मोहम्मदको हत्या गरेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा६च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली प्रहार गरेका थिए ।