काठमाण्डु – कोशी अस्पताल विराटनगरका रेडियोग्राफर जितेन चौधरीले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध मंगलबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कोशी अस्पतालको सीटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको बीएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको भन्ने उजुरी परेपछि छानबिन गरिएको हो ।
अनुसन्धानका क्रममा चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य हुन राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको झूटा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको ठहर भएको अख्तियारले जनाएको छ ।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गरेको जनाइएको छ ।




प्रतिक्रिया