काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १०० ग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–१ सानुभाबर बस्ने २३ वर्षीय ईमान सिंह घलान र सोही गाउँपालिका–२ सुनासौरा बस्ने २३ वर्षीय रामचन्द्र घलान छन् ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा४ख ७१६५ नम्बरको बसमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१५ चाइना मार्केटबाट अवैध लागूऔषध खैरो हेरोइन ४० ग्राम १४० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको बिहार अररिया थाना फारबिसगंज–७ बस्ने २८ वर्षीय अर्जुन मल्लिक, बिराटनगर महानगरपालिका–१७ बस्ने १९ वर्षीय साईनम गुरङ र लेटाङ नगरपालिका–३ बस्ने ४० वर्षीय नबिन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका–५ जुगार्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २० वर्षीय लक्की परियार र २३ वर्षीय प्रबिण परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया