माओवादीको तराई–मधेश जागरण अभियान स्थगित

माओवादीको तराई–मधेश जागरण अभियान स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ स्थगित भएको छ ।

पूर्वको झापाबाट सुरु भएको अभियान महोत्तरी पुगेर ३ दिनका लागि स्थगित भएको हो ।

अभियान स्थगित गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता काठमाण्डु फर्केर पदाधिकारी बैठक गरेका छन् । बुधबार बिहान पदाधिकारी बैठक गरी सरकारले संसद्मा प्रस्तुत गर्न लागेको अध्यादेश, विपक्षी दलको तयारी र हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ३ दिन स्थगित भएको कार्यतालिका बिहीबार महोत्तरीबाट पुनः सुरु हुनेछ ।

परिमार्जित कार्यक्रमअनुसार महोत्तरीमा फागुन २२, सर्लाहीमा २३, रौतहटमा २४, बारामा २५, पर्सामा २६ गते अभियानका कार्यक्रम हुनेछन् । त्यसपछि चितवन, बुटबल, नवलपुर, नवलपरासी पूर्व, परासी, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अभियान सञ्चालन हुने जनाइएको छ ।

माओवादीको अभियान चैत १२ गते समापन हुनेछ ।