नेमकिपाको अध्यक्षमा विजुक्छे पुनः निर्वाचित

नेमकिपाको अध्यक्षमा विजुक्छे पुनः निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अध्यक्षमा नारायणमान विजुक्छे पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।

महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मति चयन गरेको छ ।

पार्टीको आठौं महाधिवेशनबाट आठौंपटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । फागुन १६ गतेदेखि चलेको महाधिवेशन विजुक्छेलाई अध्यक्ष निर्वाचित गर्दै मंगलबार भक्तपुरमा सम्पन्न भएको छ ।

२०३१ माघ १० गते विजुक्छेकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौं महाधिवेशनसम्म उनी निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।