काठमाण्डु – शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ ।
उच्च शोसहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माण पक्षले जनाएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाण्डु उपत्याकामा मात्रै सिनेमालाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो चलचित्र सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ,’ निर्माता नवीनले भने, ‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् दोस्रो हप्तामा प्रवेश गरेको हो ।’
‘लाज शरणम्’ले पहिलो दिन १ करोड १० लाख रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको थियो । त्यसयताको कलेक्सन भनेको निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
चलचित्रमा महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला, अर्पण थापा लगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।




प्रतिक्रिया