काठमाण्डुका मेयर बालेन्द्र कांग्रेसविरुद्ध आक्रामक ! ‘मलाई हराउने नाममा देश नहराउनु’

काठमाण्डुका मेयर बालेन्द्र कांग्रेसविरुद्ध आक्रामक ! ‘मलाई हराउने नाममा देश नहराउनु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसबाट सरकारमा नेतृत्वकर्ता उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि काठमाण्डु महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले आक्रामक अभिव्यक्ति दिएका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रहेको भन्दै प्रश्न गरे ।

उनले लेखेका छन्, ‘माननीय शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनुहोला । यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोला ।’