शीर्ष नेताहरू ओली, देउवा र प्रचण्डबीच भोलि भेटवार्ता, के हो विषय ?

शीर्ष नेताहरू ओली, देउवा र प्रचण्डबीच भोलि भेटवार्ता, के हो विषय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भोलि सोमबार भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले ३ नेताबीच भोलि सोमबार अपराह्न ४ बजे सिंहदरबारमा भेट्ने समय तय भएको जानकारी दिए ।

नेताहरूबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल हुने जनाइएको छ । पदाधिकारीको नियुक्तिका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठनबारे सहमति जुटाउन ३ शीर्ष नेताको छलफल हुनेछ ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएपछि जिम्मेवारीबाट बाहिरिएको थियो ।