काठमाण्डु– ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाइएको छ ।
नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा मन्त्री खड्काको पुत्ला जलाएको हो ।
उनीहरुले मंगलबार बिहान विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी सँग घम्साघम्सी समेत परेको छ । प्रहरीले आगो निभाएको छ ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ।







प्रतिक्रिया