काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई बदनाम गराउन प्रतिपक्षीहरू लागिपरेको आरोप लगाएका छन् ।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गराउन र झुट फैलाउन सक्रिय रहेको बताएका हुन्।
उनले भने ‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन्, त्यो स्वाभाविक पनि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘विरोधीहरू लाग्छन्, यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन। कसरी सरकार वा आफू बाहेकलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न र झुटलाई फैलाउन सकिन्छ भन्ने कुरामा उहाँहरू बहुत नै सक्रिय देखिनुहुन्छ।’




प्रतिक्रिया