काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङ एक्लैले नेपालमा लोडसेडिङ अन्त्य नगरेको बताएका छन् ।
कांग्रेस नेत्री सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देउवाले गल्ती गरेर कुलमानलाई दोहोर्याएर नियुक्ति दिएको बताएका हुन् ।
उनले भने ‘नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो ?”हिजो त्यही काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो। अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो।’ देउवाजीले गल्ती गरेर कुलमानलाई दोहोर्याएर नियुक्ति दिनुभयो ।




प्रतिक्रिया