कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा

कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा राखिएको छ ।

सर्वोच्च अदालतमा कुलमानले दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

आइतबार घिसिङ र प्राधिकरणमा नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको थियोे।

तर सो इजलासले उनको रिट हेर्न नमिल्नेमा राखेकाे छ। यस्तै हितेन्द्रको रिट पनि हेर्न नमिल्नेमा राखिएको छ ।

शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज बोलाएको थियो।