पाथीभरामा केबलकार निर्माणको काम रोक्न सर्वोच्चको आदेश

पाथीभरामा केबलकार निर्माणको काम रोक्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले सरकार तथा निर्माण कम्पनीका नाममा अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि न्यायाधीश शारंगा सुवेदीको इजलासले प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ ।