नवराज सुवेदी नजरबन्दमा परेपछि राजावादी प्रदर्शनको नेतृत्व गुरुङले गर्ने

नवराज सुवेदी नजरबन्दमा परेपछि राजावादी प्रदर्शनको नेतृत्व गुरुङले गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अब राजावादी प्रदर्शनको नेतृत्व जगमान गुरुङले गर्ने भएका छन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी सरकारको नजरबन्दमा परेपछि प्रदर्शनको नेतृत्व गुरुङले गर्ने भएका हुन् ।

आइतबार आफूलाई नजरबन्दमा राखिएकाले आफ्नो अनुपस्थितिमा गुरुङले गर्ने भन्दै सुवेदीले विज्ञप्ति जारी गरेका छन् ।

उनले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान समेत गरेका छन् ।

गुरुङले संस्कृतविद् पिएचडी गरेका छन् भने उनलाई इतिहास, धर्म, दर्शन, संस्कृति, भाषा, साहित्य तथा कला वास्तुकलाको ज्ञाता समेत मानिन्छ।