त्रिचन्द्रमा स्ववियू चुनाव आज

त्रिचन्द्रमा स्ववियू चुनाव आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदै छ ।

यसअघि स्थगित भएको निर्वाचन मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी ,कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् ।