काठमाण्डु – आज मन्त्रिपरिषद्को बैठक बस्दैँछ । सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली थाइल्याण्डबाट बिमेस्टक सम्मेलनमा भाग लिएर फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सक्ने सम्भावना रहेकाे छ । महाप्रसाद अधिकारी विदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ।
उच्च स्रोतका अनुसार नयाँ गभर्नर बन्ने चर्चामा पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्ट, निलम ढंगाना र प्रकाश श्रेष्ठको नाम रहेको छ ।
पूर्वमुख्यसचिव क्षेत्री र पाण्डेको नाममाथि छलफल भइरहे पनि अब पाण्डेलाई गभर्नर बनाउन सत्तारुढ प्रमुख दलका शीर्ष नेता सहमत भएका स्रोतको दाबी छ ।
क्षेत्रीलाई गभर्नर बनाउन स्वार्थ समूहहरू लागेको कुरा बाहिरिएपछि ओली र देउवा पाण्डेमा सहमत भएका छन् । नयाँ गभर्नरको दौडमा पाण्डे र क्षेत्रीबीच तीव्र प्रतिस्पर्धा छ ।




प्रतिक्रिया