प्रहरीको समायोजन प्रक्रिया सुरु, ७२ हजार प्रहरी समायोज गरिँदै

प्रहरीको समायोजन प्रक्रिया सुरु, ७२ हजार प्रहरी समायोज गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले निजामती कर्मचारीसँगै नेपाल प्रहरीलाई पनि संघ र प्रदेशमा समायोजन गर्ने गृहकार्य अघि बढाएको छ। प्रहरी समायोजन अध्यादेशमार्फत हाल केन्द्रमा रहेका करिश ७२ हजार प्रहरीलाई संघ र प्रदेशमा समायोज गर्न लागिएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी समायोज अध्यादेश लोकसेवामा पठाउने निर्णय गरेको हो। सरकारले अध्यादेश परामर्शका लागि लोकसेवाम ापठाउने निर्णय गरेलगत्तै गृह मन्त्रलायले सो अध्यादेश आयोगमा पठाइसकेको छ।

आयोगबाट छिट्टै परामर्शमा आउने र मन्त्रिपरिषद्बाट स्वीकृत गरी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको गृह मन्त्रलायका एक अधिकारीले जानकारी दिए। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अध्यादेश कार्यान्वयनमा आउने छ। यो समाचार खाजको राजधानी दैनिकमा छ ।