पूर्वलडाकु मेटासिट बोेकर मन्त्री निवास

पूर्वलडाकु मेटासिट बोेकर मन्त्री निवास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट ।

प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।