कांग्रेस केन्द्रीय समितिमा भाँडभैलो

कांग्रेस केन्द्रीय समितिमा भाँडभैलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विधान संशोधन लगाएत महासमिति बैठकमा पेश गरिने दस्तावेजहरुमाथि छलफल गर्न बसेको मंसिर ९ गते देखि बसेको काग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ।

काग्रेस बैठकले समग्र आर्थिक नीति बाहेक अन्य कुनैपनि दस्तावेज पारीत गर्न सकेको छैन्। विधान मस्यौदा माथिको छलफल सकेपनि आधिकारीक निर्णय गर्न सकेको छैन्। राजनीतिक दस्तावेज माथिको छलफल पनि अझै सकिएको छैन्। पार्टीको राजनीतिक र सांगठनीक दस्तावेजमाथि केन्द्रीय समितिमा मतभिन्नता व्यापक छ।

शुक्रवारको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरीक आर्थिक प्रतिवेदन र लेखा परिक्षण समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परिक्षण प्रतिवेदन पेश गरेको छ। महासमिति बैठक शुक्रबार देखि शुरु हुने भएपनि महासमिति बैठकमा प्रस्तुत गरिने दस्तावेजहरुमा केन्द्रीय समिति बैठकमा भाडभैलो भएकै कारण आज नाम दर्ता मात्र गर्ने गरि उद्घाटन शत्र भोलिलाई सारिएको छ।

गुट उपगुटमा विभाजित काग्रेस केन्द्रीय समितिले महासमिति बैठमा सर्वसम्मत रुपमा दस्तवेज पेश गर्न नसके फरक धारणा सहित दस्तावेज महासमितिमा पेश गरिने प्रवक्ता विश्वप्रकाश शर्माले स्पष्ट पारिसकेका छन्। केन्द्र देखि गाउतहसम्म गुट उपगुटमा विभाजित काग्रेस भित्र मुख्य रुपमा संथापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण प्रसाद सिटौला पक्षको गुट छ। साथै प्रभावशाली नेताहरुको छुट्टाछुट्टै उपगुट पनि रहेको छ। यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।