काठमाण्डु – वर्षापछि आएको बाढी र पहिरोले देशभर ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् ।
वर्षाले मुख्य सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
तीनवटा सडक पूर्वरुपमा अवरुद्ध भएको पाइएको छ । रुकुम पश्चिमको पृतिवाङ खोलामा आएको बाढीले राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
यस्तै कालिकोटको पचालझर्नामा पहिरो जाँदा सुर्खेत–हुम्ला सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यसैगरी सल्यानको धरापानीमा पहिरो जाँदा जाजरकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
बाढी र पहिरोले देशका पाँचवटा सडक एकतर्फी मात्र सञ्चालनमा आइरहेको प्रहरीले जनाएको छ । राप्ती राजमार्ग सडकखण्ड भने पुनः सञ्चालनमा आएको छ ।




प्रतिक्रिया