जेठको दोस्रो हप्तासम्म राजावादी अभियानको टुंगो लाग्छ : डा.गुरुङ

जेठको दोस्रो हप्तासम्म राजावादी अभियानको टुंगो लाग्छ : डा.गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले राजावादीहरूको अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तासम्म लाग्ने बताएका छन् ।

बुधबार काठमाण्डुमा आयोजित राष्ट्र निर्माणको लागि युवा प्रतिबद्धता कार्यक्रममा बोल्दै उनले राजा र जनताको बीचमा अरु कुनै निकाय र दल नहुने कुरा बुझ्न जरुरी रहेको बताए ।

उनले भने, ‘राजा र जनताको बीचमा अरु कुनै निकाय छैन, त्यहाँ कुनै दल नै छैन । त्यो कुरा हामीले बुझ्नुपर्छ । अब जेठको दोस्रो हप्तासम्म धैर्य गर्नुहोस् । हाम्रो आन्दोलन सफल हुन्छ । हाम्रो अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तामा हुनेछ ।’

देशमा नेतृत्वकर्ताहरू अहंकार पालेर बस्ने, युवाहरूको कुरा सुन्न नचाहने बुढाहरू रहेको भन्दै उनले अब देश धान्ने दायित्व युवाहरूको भएको बताए ।

उनले भने, ‘अब यो देश धान्ने दायित्व युवाहरूको हो तर हामी बुढाहरू कस्ता छौं त ? अहंकार पालेर बस्ने, बोलायो मञ्च चाहिने, मन्तव्य चाहिने फ्लोरमा बसेर युवाहरूको कुरा सुन्न नचाहने त्यस्ता बुढाहरू छन् । त्यसकारणले युवाहरू अगाडि जाग्नुपर्छ ।’

राजाले पनि सार्वभौम सत्तालाई मानेर शासन गर्नुपर्ने भन्दै उनले सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व पनि राजाको नै रहेको बताए । ‘राजाले पनि सार्वभौमसत्तालाई मानेर शासन गर्नुपर्छ र सार्वभौमसत्ताको सदुपयोग गर्ने दायित्व राजाको हो भन्ने परम्परामा हामी हुर्केका छौं । त्यसैले राजाले जनतालाई मान्ने, जनताले राजालाई मान्ने हो । त्यसैले यसको बीचमा अरु केही छैन,’ उनले भने ।