चितवनमा अन्तर प्रदेशसभा अनुभव आदानप्रदान कार्यक्रम

चितवनमा अन्तर प्रदेशसभा अनुभव आदानप्रदान कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनको सौराहामा अन्तर–प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ। शनिबार दिनभर चल्ने कार्यक्रमको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका छन्।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल सहभागी छन्। यसैगरी सात वटै प्रदेशका सभामुख, उपसभामुखसहित प्रतिनिधिसभाका सचिव र सातवटै प्रदेशसभाका सचिवहरुको सहभागिता छ।