नरेन्द्र मोदीको युरोप भ्रमण रद्द

नरेन्द्र मोदीको युरोप भ्रमण रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोप भ्रमण रद्द गरेका छन् । भारत पाकिस्तानबीचको तनावले गर्दा मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदी अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ट सदस्यहरूसँग बैठक गरिरहेका छन् ।

भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भनेको छ भने कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको रआतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ।

पाकिस्तानविरुद्ध भारतको अपरेशन सिन्दूर नामक सैन्य कारबाहीमा २६ सर्वसाधारणको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो। सो आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएको थियो। तर पाकिस्तानले आफ्नो संलग्नता नरहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गर्दै आएको छ।