प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठक बुधवार बिहान ११ बजे बस्दैछ। संसद सचिवालयका अनुसार बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूचनालाई निर्णयार्थ पेस गरिनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गर्नेछन्।

साथै, आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहनेछ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । बैठक १. १५ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल हुनेछ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।