सहकारी ठगीमा मुछिएकी कांग्रेस सांसद राई १० लाख धरौटीमा रिहा

सहकारी ठगीमा मुछिएकी कांग्रेस सांसद राई १० लाख धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गरेको छ ।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार राईलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आदेशलगत्तै १० लाख धरौटीको प्रक्रिया पूरा गरी राई घर फर्किएको काठमाण्डु जिल्ला अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले बताए । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको तत्कालीन सहसचिव रहेकी राईले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी थिइन् ।

बुधबार बयान र थुनछेक बहस भएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको छ । सांसद राई सञ्चालक समितिमा रहेको अवधिमा करीब साढे २ करोड रुपैयाँ अपचलन भएको आरोप छ ।