१५ जेठमा उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन

१५ जेठमा उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक दीपक थापाले जेठ १५ गते राजावादीहरूको प्रदर्शन रहेकाले उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहन निर्देशन दिए ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई थापाले सम्बोधन गर्दै महानिरीक्षक थापाले राजनीतिक व्यवस्था र संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन निर्देशन दिए । ‘कानुनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई ध्यान दिनुहोला । प्रदर्शनका क्रममा हुने कुनैपनि अराजकतापूर्ण गतिविधि सह्य हुन सक्दैन,’ उनले भने ।

थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’