ट्रम्पको दाबी-भारत र पाकिस्तानलाई युद्ध गर्न रोक्यौं

ट्रम्पको दाबी-भारत र पाकिस्तानलाई युद्ध गर्न रोक्यौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको हालैको द्वन्द्वबारे पुनः बोलेका छन् । उनले भारत र पाकिस्तानलाई लडाइँबाट रोकेको दाबी गरेका हुन् ।

‘हामीले भारत र पाकिस्तानलाई लडाइँबाट रोक्यौँ । मलाई लाग्छ, यो आणविक प्रकोपमा बदलिन सक्थ्यो,’ ट्रम्पले ओभल अफिसमा पत्रकार सम्मेलनमा भने । ‘हामी एकअर्कालाई गोली हान्ने र सम्भावित रूपमा आणविक हतियार प्रयोग गर्ने मानिसहरूसँग व्यापार गर्न सक्दैनौँ,’ उनले थपे ।

२२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले ६–७ मेको राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेको थियो । जवाफमा पाकिस्तानले पनि आक्रमण गरेको थियो । दुई देशबिचको तनाव यति बढ्यो कि यो सैन्य द्वन्द्वमा बदलिएको थियो ।

तर १० मेको साँझ युद्धविरामको घोषणासँगै दुई देशबिचको सैन्य द्वन्द्व समाप्त भयो । यो युद्धविरामको घोषणा पहिलो पटक अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका थिए । उनले भारत र पाकिस्तानबिच युद्धविराम सम्झौतामा अमेरिकाले भूमिका खेलेको दाबी गर्दै आएका छन् ।

तर भारतले भने अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएको छ भने पाकिस्तान भारतले अमेरिकासँग अनुरोध गरेपछि युद्ध रोकिएको बताउँदै आएको छ । भारतीय पक्ष पाकिस्तानको अनुरोधमा दुई देशका डीजीएमओ स्तरको वार्तापछि युद्धविराम भएको उल्लेख गर्दै आएको छ ।