डज छाडेपछि मस्कले गरे ट्रम्पको आलोचना

डज छाडेपछि मस्कले गरे ट्रम्पको आलोचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्बपति इलोन मस्कले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च विधेयकको कडा आलोचना गरेका छन्। उनले यसलाई घृणित भनेका छन्।

यो कानुन मे महिनामा प्रतिनिधि सभा (अमेरिकी संसदको तल्लो सदन)मा पारित भएको थियो। यस कानुनमा धेरै कर छुट, रक्षा खर्चमा वृद्धि र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति समावेश छ।

मस्कले मंगलबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘यसका पक्षमा मतदान गर्ने मानिसहरूलाई लाज लाग्नुपर्छ।’

सरकारी दक्षता विभाग (डज) मा १२९ दिन काम गरेपछि मस्क गत हप्ता अचानक बाहिरिएका छन् ।