थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा निलम्वनमा परेकी छिन् । मङ्गलबार संवैधानिक अदालतले निलम्बन गरेको हो ।

अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो।

संवैधानिक अदालतले ३६ जना सिनेटरहरूको समूहले ल्याएको निवेदन स्वीकार गर्दै पेटोङटार्नलाई पदबाट निलम्बनको आदेश गरेको हो।

३८ वर्षीया पेटोङटार्नलाई उनका बुबा एवं पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ।

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो।

लिक भएको रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरिन्, उनले हुन सेनलाई ‘काका’ भनिन् र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरिन्। उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्यायो।

रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए र मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लङ्घन गरेको आरोप लगाएका थिए ।