यू–१६ इस्ट जोन कप : मलेसियाले नेपाललाई दियो ९१ रनको सामान्य लक्ष्य

यू–१६ इस्ट जोन कप : मलेसियाले नेपाललाई दियो ९१ रनको सामान्य लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एसीसी पुरुष यू–१६ इस्ट जोन कपमा नेपाललाई मलेसियाले ९१ रनको सामान्य लक्ष्य दिएको छ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रन बनाएर अलआउट भयो ।

मलेसियाका लागि मोहमद फाथुल मुइनले सर्वाधिक ३८ रन, कप्तान डियान पट्रोले १० रनमात्र बनाउन सके । बाँकी ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

नेपालका लागि शुभम् खनालले ४ विकेट, सचिन भट्टले २ र विपिन शर्माले १ विकेट लिए।

यो खेल जिते नेपाल दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ।

आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दै छन्।