दोश्रो टेस्टमा भारतसँग इंग्ल्यान्ड पराजित

दोश्रो टेस्टमा भारतसँग इंग्ल्यान्ड पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इंग्ल्यान्डसँगको पाँच टेस्टको शृङ्खलामा भारतले १–१ को बराबरी गरेको छ । इंग्लयान्डको एजबास्टेनमा भएको दोश्रो खेलमा भारतले इंग्ल्याडलाई ३३६ रनले हराएको छ ।

भारतले दिएको ६०८ रनको ठूलो लक्ष्य पछ्याएको घरेलु टोली पाँचौ तथा अन्तिम दिनको दोश्रो सिजनमा २७१ रनमा अलआउट भयो ।

इंग्लयान्डका लागि जिमी स्मिथले ८८ रन बनाए । भारतका आकाश दीपले ६ विकेट लिए । भारतले पहिलो पारीमा कप्तान शुभमन गिलको दोहोरो शतकसहित ५८७ रन बनाएको थियो ।

इंग्लयान्डले पहिलो पारीमा हेरी ब्रुक र जिमी स्मिथको शतकसहित ४०७ रन बनाएको थियो । भारतले दोश्रो पारीमा कप्तान गिलकै शतकमा ४२७ रन जोडेपछि घरेलु टोलीले ६०८ रनको ठूलो लक्ष्य पाएको थियो । तेस्रो टेस्ट बिहिवार लड्र्समा शुरु हुनेछ ।