मर्चवारी गाउँपालिकाका वडाध्यक्ष यादव ३ लाख घुससहित पक्राउ

मर्चवारी गाउँपालिकाका वडाध्यक्ष यादव ३ लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष यादवलाई ३ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

वडामा विभिन्न योजनाहरूको निर्माण कार्यसम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी घुस रकम माग गरेको अख्तियारले जनाएको छ ।

यादवले घुस रकम जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङ्गका सञ्चालक विपिन कुमार पाण्डेयलाई लिन लगाएका थिए । पाण्डेयले रकम लिइसकेको अवस्थामा आयोगको टोलीले वडाध्यक्ष यादव र पाण्डेयलाई ३ लाख रुपैयाँ घुस रकमसहित सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।